नियम १००
अधिकार प्रत्यायोजन गर्न सक्ने
(१) नेपाल सरकारले यस नियमावली बमोजिम आपूmलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यस नियमावलीद्वारा कुनै प्रहरी कर्मचारी वा अधिकारीलाई प्रदान गरिएको अधिकार आÇनो सामान्य रेखदेखमा काम गर्ने गरी निजले आफू मुनिको प्रहरी कर्मचारी वा अधिकारीलाई सुम्पन सक्नेछ ।